बाख्रापालक किसानलाई अनुदान
कञ्चनपुर | असार २४, २०७९
कंचनपुर: शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो ।
मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताउनुभयो ।
“प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत उपलब्ध भएको अनुदानको रु १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।”
बाख्रापालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उहाँको भनाइ छ । अनुदान रकमसँगै बाख्रापालनमा संलग्न ३४ किसानलाई दुईदिने तालिमसमेत दिइएको छ । नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रापालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो ।
त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु १५ लाख रकम उपलब्ध गराइएको थियो ।
गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पु¥याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताउनुभयो । अनुदान रकम परिचालन गरिएका बाख्राको बीमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

